नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले मनायो पार्टी पुनर्गठन दिवस

नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले मनायो पार्टी पुनर्गठन दिवस

बर्दघाट : नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले ८ औँ पार्टी पुनर्गठन दिवस मनाएको छ । पार्टीले विविध कार्यक्रम गरी पार्टी पुर्नगठन दिवस मनाएको हो ।

नेकपा नवलपरासीका सेक्रेटरी धीरजको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् नवलपुर÷नवलपरासी इन्चार्ज शरद ओलीको थिए ।

कार्यक्रममा प्रमुख अतिथि ओलीले नेपाल कम्युनिस्ट पार्टी पुँजीवादी दलाल र भ्रष्टाचारीलाई तह लगाउन जन्मिएको बताए । पार्टीका नेता–कार्यकर्ता अन्यायको अन्त्य र देश विकासका लागि रातदिन नभनी हिँडिरहेका छन् । यो पार्टीले वैज्ञानिक समाजवाद स्थापन गरेरै छोड्छ ।’
उनले ८ औँ पार्टी पुनर्गठन दिवसका अवसरमा सबैलाई शुभकामना दिएका थिए ।

जिल्ला सेक्रेटरी धीरजले एकीकृत जनक्रान्तिको बाटोमा लाग्न सम्पूर्ण जनसमुदायलाई प्रेरित गर्दै र जिल्लामा पार्टी विस्तार भइरहेको जानकारी गराउँदै पार्टी पुनर्गठन दिवसको शुभकामना व्यक्त गरेका थिए । पार्टीको सक्रियता देखेर देखेर दलालहरू आत्तिएको प्रस्ट पार्दै उनले वैज्ञानिक समाजवाद स्थापना गर्न जनमतसङ्ग्रह गर्नुपर्ने धारणा पनि राखे ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला इन्चार्ज विकल्पले भने, ‘हामी कमरेड चेजस्तो बन्नुपर्छ, कन्हैया कुमारजस्तो होइन ।’ उनले सबैलाई एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध भएर लाग्न पनि अनुरोध गरे ।

कार्यक्रममा उपस्थित पार्टीका नेता–कार्यकर्ता, युवा, विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनसमुदायले एकअर्कालाई शुभकामना आदानप्रदान गरी नेकपा पुनर्गठन दिवस मनाएका थिए । कार्यक्रमको सञ्चालन नेकपा नवलपरासीका जिल्ला समिति सदस्य प्रतापले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :