वैज्ञानिक समाजवाद स्थापनाकै लागि क. विप्लवको नेतृत्वमा पार्टीको पुनर्गठन गरिएको हो : प्रवीण

सिन्धुपाल्चोकमा राता मान्छेहरूकाे मार्चपास

वैज्ञानिक समाजवाद स्थापनाकै लागि क. विप्लवको नेतृत्वमा पार्टीको पुनर्गठन गरिएको हो : प्रवीण

सिन्धुपाल्चोकः नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक दोलखाको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको चौतारामा पार्टीको ८ औं पुनर्गठन दिवस भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् प्रमुख अतिथि पुर्ण बहादुर सिंह प्रवीणले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान कार्य सम्पन्न गर्नका खातिर विप्लवको नेतृत्वमा पार्टीको पुनर्गठन गर्नु परेको बताए ।

`१० वर्षे महान् जनयुद्धको नेतृत्वको विचलन एवम् महापतनलाई विचारधारात्मक र राजनीतिक सङ्घर्ष र आजको विश्व राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, सामरिक (सैन्य) लगायत दृष्टिले नितान्त नयाँ विशेषतामा देखापरेको वस्तुस्थितिलाई एकीकृत जनक्रान्तिको कार्यदिशाद्वारा समाधान गर्ने नयाँ नेतृत्वको ऐतिहासिक पहलकदमी हो, उनले भने ।

यो पार्टीको पुनर्गठन क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा, विकास र जनक्रान्तिलाई गुणात्मक गति दिनका खातिर एक ऐतिहासिक कदम भएको बताए । त्यस्तै उनले आत्मसमर्पणवाद, विसर्जनवाद, नवसंशोधनवाद, अवसरवाद, अकर्मण्यतावाद र छद्म संसद्‌वादमाथिको सैद्धान्तिक एवम् राजनीतिक विजय भएको समेत बताए ।आफ्नो मन्तव्यको क्रममा उनले प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रहको चुनाव र वैज्ञानिक समाजवाद नै जनअपेक्षा रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी युगीनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दोलखा जिल्ला सेक्रेटरी माधव गौतमले राखेका थिए भने शुभकामना मन्तव्य विशेष कमिटी सदस्य किरण घिमिरे, मुकुन्द श्रेष्ठले दिएका थिए । कार्यक्रमको सञ्चालन विशेष कमिटी सदस्य अर्जुन योगीले गरेका थिए ।
कार्यक्रम सुरु हुनु अघि राता बेस्टमा सजिएका युवाहरुले मार्चपाससहित चौतारा बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :