सहिद चेतनको १७ औं स्मृति दिवसको अवसरमा उदयपुरमा श्रद्धाञ्जली कार्यक्रम

सहिद चेतनको १७ औं स्मृति दिवसको अवसरमा उदयपुरमा श्रद्धाञ्जली कार्यक्रम

सहिद चेतनको १७ औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी उदयपुरले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । श्रद्धाञ्जली कार्यक्रम सहिद चेतनका आमा चिन कुमारी घिमिरेको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रमका वक्ताहरुले सहिद चेतनप्रति हार्दिक श्रद्धाञ्जली साथै आमा लगायत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सहिदको सपना पूरा नहुनजेलसम्म निरन्तर क्रान्तिमा लागि रहने दृढता व्यक्त गरेका थिए ।

साथै चेतनको आमालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी उदयपुरका सेक्रेटरी लक्ष्मण पौडेयालले खाँदा ओढाएर सम्मान गरेका थिए । कार्यक्रमको संचालन देहज बिष्टले गरेका थिए भने अध्यक्षता नेकपा त्रियुगा नगरपालिका इन्चार्ज मीन प्रसाद पोखरेलले गरेका थिए ।

त्यसैगरी उदयपुर जिल्ला कमिटी सदस्य तथा श्रमिक समुदाय मोर्चा नेपालको ५ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित रामकृष्ण सदा र नेपाल मजदुर ट्रेड युनियनको ७ औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा निर्वाचित जनक श्रेष्ठलाई पार्टी सेक्रेटरी लक्ष्मण पौडेल र जिल्ला कमिटी सदस्यहरुले खाँदा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा युवा, विद्यार्थी तथा पार्टी समर्थक नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :