मगर मुक्ति मोर्चा नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न

मगर मुक्ति मोर्चा नेपालको तेस्रो पूर्ण बैठक सम्पन्न

नवलपुरः नेपाल कम्युनिष्ट पार्टी निकट मगर मुक्ति मोर्चा नेपाल चौथो सम्मेलन आयोजक समितिको तेस्रो पूर्ण बैठक नवलपुरमा सम्पन्न भएको छ ।
सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरको अध्यक्षता एवं नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यतामा भएको बैठकमा सम्मेलन आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

बैठकले सम्मेलनको अन्तिम तयारीबारे छलफल तथा विभिन्न जिम्मेवारी समेत बाँडफाड गरेको छ । जस अन्तरगत सम्मेलन उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापन साउण्ड सिस्टम लगायत व्यवस्थापनमा निरू थापा, अतिथि सत्कारमा सुदर्शन थापामगर र सुचना तथा सञ्चारमा भिम प्रकाश पुनमगरलाई जिम्मा दिने निर्णय गरिएको छ भने मेस व्यवस्थापनमा इन्द्र घर्तीमगर र आवास व्यवस्थापनमा मोहन सारूलाई जिम्मा दिइएको छ ।
मोर्चाको चौथो सम्मेलन यही मंसिर ८१० म्याग्दीको सदरमुखाम बेनीमा सम्पन्न हुदैछ । जसको उद्घाटन मंसिर ८ गते पार्टी पुनरगठन दिवसको अवसरमा हुँनेछ । कार्यक्रममा सम्बोधन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :