पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा निकट जबसहरुद्वारा थप संघर्षको घोषणा

पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध नेकपा निकट जबसहरुद्वारा थप संघर्षको घोषणा

नेपाल कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध थप संघर्षका कार्यक्रमहरू घोषणा गरेका छन् ।
जनताको प्रत्यक्ष जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुमा सरकारले पटकपटक गरेकाे मुल्य बृद्धिले जनताको जनजीवन थप कष्टकर भएको भन्दै जनवर्गीय संगठनहरुले आज एक संयुक्त विज्ञप्ती जारी गरी थप संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

घोषित संघर्षका कार्यक्रमअनुसार मंसिर ३ गते नेपाल आयल निगममा ज्ञापन पत्र पेश गर्ने, मंसिर ५ गते उद्योग आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र पेश गर्ने र मंसिर ६ गते नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :