सिन्धुलीमा र रुकुममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

सिन्धुलीमा र रुकुममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

काठमाडौँ : नेपाल बन्दको कार्यक्रम सफल पार्न सडकमा निस्किएका नेकपाका नेता कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल बन्दको क्रममा सिन्धुलीबाट नेपाल कम्युनिस्ट पार्टीका २६ जना नेता कार्यकर्ता गिरफ्तार परेका छन् । गिरफ्तार हुनेहरूमा नेकपाका सिन्धुली सेक्रेटरी गोपाल ब्लोन, विशेष कमिटीका सदस्य शशि राई, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तेज लामा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिम ऐडि लगायत २६ जना छन् ।

उता रुकुममा पनि प्रहरीले नेकपाका १३ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा नेकपाका जिल्ला सचिवालय सदस्य मोतिराम खड्का, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मोतिराम खड्का, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सोमपाल कामी, लगायत छन् ।

यस्तै तनहुँमा पनि नेकपाका नेता कार्यर्तालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । आज बिहान मात्रै नेकपा केन्द्रीय सदस्य आधार, युवा सङ्गठन नेपालका केन्द्रीय महासचिव विदुषी लगायतलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :