नेकपाले आज गरेको नेपालबन्दको प्रभाव देशैभरी

नेकपाले आज गरेको नेपालबन्दको प्रभाव देशैभरी

काठमाडौँ : पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि, अन्य उपभोग्य सामानमा गरिएको मुल्यबृद्धि, महँगी, भ्रष्ट्राचार लगायतका विषयको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीले आज अर्थात कार्तिक ३० गते गरेको नेपाल बन्दको प्रभाव देश भरी परेको छ । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधनहरू बन्द रहेका छन् । अन्य उद्योग धन्दा कलकारखाना व्यापार व्यावसाय पनि बन्द रहेका छन् । देशका ठुला शहरहरू पूर्वका विराटनगर, पश्चिमको महेन्द्रनगर, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा लगायतका शहरहरूमा बन्द रहेका छन् । यता काठमाडौँमा पनि बन्दको प्रभाव परेको छ ।

यसैबीच नेपाल बन्दको दिन नेपाल प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दर्जनौँ नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । पछिल्लो विवरण अनुसार प्रहरीले सिन्धुलीबाट नेपाल कम्युनिस्ट पार्टीका २२ जना नेताकार्यकर्ता गिरफ्तार गरेको छ । यस्तै प्रहरीले तनहुँको दमौलीबाट पनि केही नेता कार्यकर्ता गिरफ्तार गरेको छ । यस्तै रुकुममा १५ जनालाई गिरफ्तार गरेको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :