युवा संगठनका महासचिव विदुषी काठमाडौँबाट र कास्कीमा २ विद्यार्थी गिरफ्तार

युवा संगठनका महासचिव विदुषी काठमाडौँबाट र कास्कीमा २ विद्यार्थी गिरफ्तार

पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा युवा संगठन नेपालका महासचिव विदुषीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । विदुषीसँगै कान्छा तामाङलाई पनि गिरफ्तार गरेको बताइएको । काठमाडौँबाट गिरफ्तार भएकाहरुलाई महाराजगञ्जमा राखिएको बताइएको छ । यसैबीच युवा संगठन नेपालका अध्यक्ष पाटन जंगलीले संगठनका महासचिव लगायत गिरफ्तार भएकाहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

यसैगरी पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यबृद्धि गरेपछि नेपाल बन्दको आयोजना गर्दै संघर्षमा होमिएको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज बिहानै प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यलय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट पक्राउ गरेको हो ।

बन्दलाई सफल बनाउनका लागि आज बिहानै नेकपाका कार्यकर्ताहरुले राजमार्गका मुख्य–मुख्य भागहरुदेखि सहरका चोक–चोकमा टायर बाल्ने तथा विरोध प्रदर्शन गरेका थिए । एका बिहानै नेकपाका कार्यकर्ताले छोरेपाटन, बागलुङ बसपार्क, नयाँ बजार, पृथ्वीचोक, नागढुङ्गा, तल्लो गगनगौंडा, रुपा गाउँपालिका र मादी गाउँपालिका लगायत कास्कीका विभिन्न ठाउँहरु विरोध प्रदर्शन गर्दै बन्द कार्यक्रम सफल गराउनका लागि खटिएको कास्की जिल्ला इञ्चार्ज उमा भूजेलले जानकारी दिए ।

कास्की जिल्ला इञ्चार्ज भूजेलले पक्राउ परेका नेताहरुलाई तत्कालै रिहाईको माग गर्दै प्रहरी दमन र हस्तक्षेप तत्काल रोक्न र आमजनताको पक्षमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई सफल बनाउन सबैमा आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :