नेकपा रूपन्देहीद्वारा बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चक्काजाम

नेकपा रूपन्देहीद्वारा बुटवलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध चक्काजाम

बुटवलः नेकपा रूपन्देहीले बुटवलको बेलबास चोकमा १ घण्टा चक्काजाम गरेको छ । देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धिको विरोधमा नेकपा जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा चक्काजाम गरेको हो । सरकारले कानुन बनाएर वैधानिक लुट मच्चाएको भन्दै इन्धन लगायत अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेकपाले माग गरेको छ ।

चक्काजामलाई सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष विश्लेषणले सरकारले मुल्यवृद्धि फिर्ता नगरे त्यसको परिणाम गम्भीर हुने चेतावनी दिदै शोषणकारी लुटेरा राज्यसत्ता अन्त्यका लागी संघर्ष गरिएको बताए । नेता विश्लेषणले जनताको ढाड सेक्ने गरी गरेको मूल्यवृद्धि विरुद्ध कार्तिक ३० गते नेपाल बन्दको आव्हान गरिएको भन्दै बन्दलाई सफल बनाउन अपिल गरे । उनले मूल्यवृद्धि कुनै पार्टी विषयको नभई नेपाली जनतामाथि थोपरिएको समस्या भन्दै यस विरुद्धको संघर्षको नेतृत्व नेकपाले गरेको बताए ।

चक्का जाममा रुपन्देहीका नेता कार्यकर्ता एवं स्थानीय जनताको उपस्थिति रहेको थियोे । चक्काजाममा नाराहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर ! कार्तिक ३० गतेको नेपाल बन्द–सफल पारौं ! बढ्दो महंगी नियन्त्रण गर ! कालोबजारी नियन्त्रण गर ! दलाल भ्रष्टाचारीलाई कारवाही गर ! जनतालाई गाँस, बास, कपासको ग्यारेन्टी गर ! नेपाल कम्युनिस्ट पार्टी–जिन्दावाद ! एकीकृत जनक्रान्ति – जिन्दावाद ! दलाल संसदीय व्यवस्था –मूर्दावाद ! लगायतका नाराहरु लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :