पाल्पाको सिद्दार्थ राजमार्गमा १ घण्टा चक्काजाम

पाल्पाको सिद्दार्थ राजमार्गमा १ घण्टा चक्काजाम

पाल्पाः पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पाल्पाले तिनाउ गाँउपालिकास्थित सिद्दार्थ राजमार्गको झुम्सा बजारमा एक घण्टा चक्काजाम गरेको छ । नेकपाको केन्द्रीय घोषित कार्यक्रम अनुसार मूल्यबृद्धि तथा महङ्गी विरुद्ध आज आइतबार झुम्सामा एक घन्टा चक्काजाम सम्पन्न गरेको हो ।

बिहान १० बजेदेखि ११ बजेसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि विरुद्धको कार्यक्रम (चक्काजाम) जुम्सा बजारमा गरेका हुन् । चक्काजाममा नेकपा कार्यकर्ताहरुले ब्यानरसहित गाडी रोक्न पुगेका थिए ।

नेकपा महासचिव विप्लवले २५ गते एक विज्ञप्ति जारी गर्दै चरणबद्ध संघर्षका कार्यक्रममा आफ्ना नेता नेताहरूलाई प्रतिरोधात्मक संघर्ष गर्न आह्वान गरेका थिए । सोही कार्यक्रम अनुसार २५ गते प्रदर्शन, २६ गते प्रचारप्रसार तथा मशाल जुलुस, २७ गते विरोध प्रदर्शन, आज २८ गते १ घण्टा चक्काजाम, भोलि २९ सिठ्ठि जुलुस मशाल जुलुस प्रदर्शन, ३० गते नेपाल बन्दको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :