मुल्यबृद्धि विरुद्ध कपिलवस्तुका आधा दर्जन ठाउँमा प्रहरी हस्तक्षेपका बाबजुद चक्काजाम

मुल्यबृद्धि विरुद्ध कपिलवस्तुका आधा दर्जन ठाउँमा प्रहरी हस्तक्षेपका बाबजुद चक्काजाम

कपिलवस्तुः पेट्रोलियम पदार्थ तथा एलपि ग्यास भएको चर्को मुल्य बृद्धिका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले जिल्लाका आधा दर्जन ठाउँमा प्रहरी हस्तक्षेपका बाबजुद एक घण्टे चक्का जाम सफलतापूर्वक सम्पन्न गरेको छ ।

नेपाल आयल निगमले अन्यायपूर्ण तथा जनविरोधी मुल्यवृद्धि सूचि सार्वजनिक गरे लगत्तै नेकपाले यहि कार्तिक ३० मा नेपाल बन्दसहित केन्द्रिय संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो । सोही कार्यक्रम कार्यान्वयनका सन्दर्भमा नेकपा कपिलवस्तुले आज कार्तिक २८ को बिहान १० देखि ११ बजेसम्मको एक घण्टे चक्का जाम महेन्द्र रार्जमार्ग अन्तर्गत तीन ठाउँमा र हुलाकी राजमार्ग अन्तर्गत दुई ठाउँमा स्थानीय प्रहरी प्रशासनको नाङ्गो हस्तक्षेपका बाबजुत सम्पन्न गरेको छ । जसअनुसार शिवराज

नगरपालिकाको चन्द्रौटामा चक्का जाम टुंगिए पश्चात कोण सभा सहित कार्यक्रम सम्पन्न गरिएको छ । त्यसरी नै बुद्धभूमि नगरपालिकाको गुरुसिङ्गेमा, बाणगङ्गा नगरपालिका कोईली बनगाईमा पनि चक्का जाम प्रहरी हस्तक्षेपका बाबजुद सम्पन्न भएको छ ।

आजै विजयनगर गाउँपालिकाको चार नम्बर चोकमा स्थानिय प्रहरीको ठाडो हस्तक्षेपका बाबजुद निकै प्रभावकारी हिसाबले यातायात बन्द गरेको छ र कपिलवस्तु नगपालिकाको जुध्टीमा पनि चक्काजाम सफलतापूर्वक सम्पन्न भएको नेकपा कपिलवस्तु स्रोतले बताएको छ ।

जिल्लाका विभिन्न ठाउँमा भएको चक्का जाम कोणसभामार्फत टुङ्गाएको र सम्बोधनको क्रममा वक्ताहरु सबैले अहिलेको मुल्य वृद्धि र महङ्गीको एउटै जड दलाल संसदीय व्यवस्था रहेको र समाधान जनताको वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै दिने निष्कर्ष जनतासामु सार्वजनिक गरेको नेकपा कपिलवस्तु स्रोतले बताएको छ ।

यसैबीच आजै कपिलवस्तु जिल्ला, मायादेवी र सुद्दोधन गाउँ समिति अन्तर्गत पार्टी सदस्य सम्मको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुवको प्रमुख आतिथ्यमा भएको प्रशिक्षणमा अतिथिहरु नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु अर्घाखाँची जिल्ला इन्चार्ज जुझारु, नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला सेक्रेटरी कमलको सहभागिता रहेको थियो ।

मायादेवी शुद्दोधन गाउँ समिति सेक्रेटरी संघर्षको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँ समिति सदस्य रामनिवास चौहान र स्वागत मन्तव्य गाउँ समिति सदस्य गंगाराम कहाँरले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :