चर्को मुल्य बृद्धि विरुद्ध नेकपा प्युठानद्वारा विरोध प्रदर्शन

चर्को मुल्य बृद्धि विरुद्ध नेकपा प्युठानद्वारा विरोध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी प्यूठानले आकाशिदो महङ्गी र पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्य बृद्धिको विरुद्धमा पनि जिल्लाभर विरोध प्रदर्शन तथा सभाहरु सम्पन्न गरेको छ ।
सरकारले केहीदिन अघि गरेको पेट्रोलियम पदार्थको अत्यधिक मुल्य बृद्धिको विरुद्धमा ने. क. पा. प्युठानले विरोध प्रदर्शन तथा सभा नारा जुलुश
सहित बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरेको जनाएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेको संघर्षको केन्द्रीय कार्यक्रम अनुसार आकाशिदो महंगी र पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यबृद्धिको विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु घोषणा गरिएअनुसार विरोध प्रदर्शन गरेको बताएको छ । प्युठानको विभिन्न स्थानमा नाराजुलुश सहित विरोध प्रदर्शन तथा सभाहरु गरेको नेकपा प्युठानका सेक्रेटरी अजय घर्तीले बताएका छन् ।

जनताको ढाड सेकिने गरि गरेको मुल्य बृद्धिको विरुद्धमा पार्टी जनतालाई साथमा लिई संघर्षमा उत्रेको ने. क. पा. का केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज जागृतिले बताएका छन् । यो आन्दोलनमा पार्टी तथा दलगत मानसिकताबाट माथि उठी सक्रिय सहभागी हुन इन्चार्ज जागृतिले सबै पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

विरोध सभाको सन्चालन नेकपा प्युठानका सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी) प्युठानका फ्रयाक्सन इन्चार्ज याङ्क पुन मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :