मुल्यबृद्धि विरूद्ध नेकपाद्वारा अछाममा चक्काजाम

मुल्यबृद्धि विरूद्ध नेकपाद्वारा अछाममा चक्काजाम

अछाम: नेपाल कम्युनिस्ट पार्टी अछामले खाद्य पदार्थ र पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि विरूद्ध अछाममा एक घण्टे चक्काजाम गरेको छ । नेपाल सरकारले अन्तराष्ट्रिय बजारमा भएको मुल्यबृद्धि र नेपाल आयल निगमको घाटा पूर्तिको बहाना बनाउँदै निरन्तर डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्याँसको मूल्यबृद्धि गरिरहेको छ । इन्धनको मूल्य बृद्धि हुँदा दैनिक उपभोग्य वस्तुको मूल्य पनि बजारमा बढिरहेको छ। मुल्य बृद्धिका कारण नागरिकको जीवनशैली असहज भएको भन्दै नेकपा चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै कार्यक्रम गरिरहेको छ ।
सोही अनुरुप आइतबार एक घण्टा चक्काजाम कार्यक्रम गरिएको हो । सञ्चारकर्मीसँग प्रतिकृया दिँदै नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति अछामका सचिवालय सदस्य निरक शाहीले दलाल सरकार जनता र राष्ट्रप्रति उत्तरदायी नभएको हुँदा जनताले दुःख पाएको बताए । उनले पुँजीपति दलालहरुलाई फाइदा पुग्नेगरी सरकारले एकलौटी निर्णय गरेको भन्दै फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :