सरकारले जनतामाथि वैधानिक लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य भयौँः कञ्चन

सरकारले जनतामाथि वैधानिक लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य भयौँः कञ्चन

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला कञ्चनले सरकारले वैधानिक रुपमा जनतामाथि लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कञ्चनले यस्तो बताएका हुन् । नेता कञ्चनले ४७ रुपैयाँमा आयात गरिने पेट्रोल रु १३३ मा बिक्री गरेको बताउँदै विज्ञका अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफासहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दाबी गरे ।

उनले दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ भन्ने प्रश्न गर्दै सरकारले गरेको यस्तो वैधानिक लुटविरुद्ध आम जनता एकजुट भएर संघर्षमा उत्रनु पर्ने बताए । नेता बास्तोलाले नेपालबाट २० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थ भारत चुहावट हुने गरेको बताउँदै यस्तो चुहावट रोक्न र नेपाल आयल निगमको मनपरी खर्च र भ्रष्टाचारजन्य कार्य तत्काल रोक्नुपर्ने बताए । उनले अहिलेको व्यवस्था नै भ्रष्ट भएकोले यस्ता तमाम भ्रष्टाचार र अनियमितता भएको उल्लेख गर्दै यी सबै समस्याको समाधानको लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए ।

नेता बास्तोलाले देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट पार लगाउन जनमतसंग्रह आवश्यक भएको र त्यसको लागि तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :