आकासिँदो महङ्गी र अस्वाभाविक मुल्यबृद्धि विरुद्ध महासंघको सशक्त प्रदर्शन

आकासिँदो महङ्गी र अस्वाभाविक मुल्यबृद्धि विरुद्ध महासंघको सशक्त प्रदर्शन

सरकारले पेट्रोलियम पदार्थमा गरेको चर्को मुल्यबृद्धिको विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको जनवर्गिय घटक संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले काठमाडौंका विभिन्न स्थानमा मसाल जुलुशसहित सशक्त प्रदर्शन गरेको छ ।

महासंघले शुक्रबार उपत्यका विशेष ब्युरो अन्तर्गत रहेका सबै केन्द्रिय सदस्यहरुको सहभागितामा काठमाडौंको स्वयम्भूस्थित ढुंगेधारा मसाल जुलुश कार्यक्रम गरेको र शनिबार दिउँसो काठमाडौंको गोंगवुस्थित बिजि मल प्राङ्गणमा सशक्त प्रदर्शनसहित विरोध सभा सम्पन्न गरेको छ ।

महासंघका अनुसार कार्यक्रममा  केन्द्रिय अध्यक्ष विनोद थापा, उपाध्यक्ष शिशिर थापा मगर र कोषाध्यक्ष इश्वर बुढाथोकी लगायत उपत्यकामा उपलब्ध केन्द्रिय सदस्य र पेशागत घटक संघका विभिन्न तहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रदर्शन कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख वक्ता र वक्ताहरुले विरोध प्रदर्शन केबल प्रदर्शन कार्यक्रमको रुपमा मात्र आयोजना गरिएको नभई नेपाल कम्युनिस्ट पार्टीले  उठान गरिरहेको श्रमिक जनताको पूर्ण मुक्तिको मुद्दा, सबैखाले पराधिनताको अन्त्य र स्वाधिन समाज व्यवस्था वैज्ञानिक समाजवाद स्थापनाको निमित्त विद्यमान दलाल संसदिय व्यवस्था अन्त्यको आन्दोलन रहेको बताएका छन् ।

कार्यक्रमका प्रमूख वक्ता एवम् महासंघका केन्द्रीय अध्यक्ष विनोद थापाका आनुसार संगठन पार्टीले पछिल्लो चरण सार्वजनिक गरेका जनसंघर्षका कार्यक्रमहरुमा केन्द्रित रहँदै विशेष गरी आगामी ३० गतेको नेपाल बन्द कार्यक्रममा जोड दिँदै अघि बढ्ने जानाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :