मङ्सिर ८ गते आठौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउँदै नेकपा

काठमाडौँ : नेकपाले यही मङ्सिर ८ गते आठौँ पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाउने भएको छ । पार्टी केन्द्रीय स्रोतका अनुसार उक्त दिन देशव्यापी जनपरिचालन गर्ने कार्यक्रम रहेको छ ।

समाचारअनुसार नेकपाले पार्टी पुनर्गठन दिवसको अवसर पारेर सरकारसँग भएको तीनबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारलाई दबाब पनि दिने भएको छ । नेकपाले उक्त दिन पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशाअनुरूप तय भएको कार्यनीति ‘प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवाद’ का विषयमा पनि जनतालाई थप प्रस्ट पार्ने भएको छ ।

२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ । केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछिका दुई वर्ष नेकपाले प्रतिबन्धित अवस्थामै पार्टी पुनर्गठन दिवस मनाएको थियो । प्रतिबन्ध फुकुवा भएपछि यो वर्ष नेकपाले विशेष महत्वका साथ आठौँ पार्टी पुनर्गठन दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :