मुल्य बृद्धिको विरुद्ध नेकपा प्यूठानद्वारा प्रचारप्रसार गर्दै विभिन्न ठाउँमा मशाल जुलुश

मुल्य बृद्धिको विरुद्ध नेकपा प्यूठानद्वारा प्रचारप्रसार गर्दै विभिन्न ठाउँमा मशाल जुलुश

नेपाल कम्युनिस्ट पार्टी प्यूठानले आकाशिदो महङ्गी र पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्य बृद्धिको विरुद्धमा आज दिनभर जिल्लाभर व्यापक प्रचार प्रसार गर्दै साँझ जिल्लाका विभिन्न ठाउँमा मशाल जुलुश सम्पन्न गरेको छ ।
सरकारले केही दिन अघि गरेको पेट्रोलियम पदार्थको अत्यधिक मुल्य बृद्धिको विरुद्धमा आज नेकपा प्युठानले जिल्लाको विभिन्न स्थानमा मशाल जुलुश सम्पन्न गरेको हो ।
देशव्यापी गरिने संघर्षका केन्द्रीय तालिका अनुसार आज प्युठानको विभिन्न स्थानिय तहमा विरोध स्वरूप मशाल जुलुश गरेको नेकपा प्युठानका सेक्रेटरी अजय घर्तीले बताएका छन् । जनताको ढाड सेकिने गरि गरेको मुल्य बृद्धिको विरुद्धमा पार्टी जनतालाई साथमा लिई संघर्षमा उत्रेको नेकपाका प्युठान नगरपालिका पार्टी इन्चार्ज तथा जिल्ला जनसरकार प्रमुख पवन बुढा मगरले बताएका छन् । यो आन्दोलनमा पार्टी तथा दलगत मानसिकताबाट माथि उठी सक्रिय सहभागी हुन इन्चार्ज जागृतिले सबै पार्टीहरुलाई आग्रह समेत गरेका छन् ।


नेकपाका महासचिव विप्लवद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख भए अनुसार आकाशिदो महङ्गी र पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्य बृद्धिको विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु घोषणा गरिए अनुसार आज २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते दिउँसो प्रचार प्रसार, साँझ मशाल जुलुश, २७ गते देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्काजाम, २९ गते दिउँसो सिट्टी जुलुश, साँझ मशाल जुलुश र ३० गते नेपाल बन्द लगायतका कार्य तालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :