नेकपाद्वारा कपिलवस्तुमा चर्को मूल्यबृद्धिविरुद्ध मसाल जुलुस

नेकपाद्वारा बुद्धभूमि नगर कमिटीको आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षण

नेकपाद्वारा कपिलवस्तुमा चर्को मूल्यबृद्धिविरुद्ध मसाल जुलुस

कपिलवस्तु : जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा नेपाल सरकारले निरन्तर गरेको मूल्यबृद्धिविरुद्ध कपिलवस्तुका बिभिन्न ठाउँमा मसाल जुलुस निकालिएको छ ।

जसअनुसार शिवराज नगरपालिकाको चन्द्रौटा, बिजयनगर गाउँपालिकाको चार नम्बर भटनी, महाराजगञ्ज नगरपालिकाको महाराजगञ्ज, बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गे, बाणगङ्गा नगरपालिकाको बोडगाउँ र कपिलवस्तु नगरपालिकाको जगदिशपुर लगायतका ठाउँहरूमा मसाल जुलुस सम्पन्न भएको छ ।

पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानमा सरकारले गरेको मूल्यबृद्धिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले केन्द्रीय सङ्घर्षका कार्यक्रम अन्तर्गत जिल्लाका ६ वटा ठाउँमा मसाल जुलुस बाल्ने कार्यक्रम सम्पन्न गरेको जिल्ला पार्टी कपिलवस्तुका सचिव कमल केसीले बताए ।

आजै नेपाल कम्युनिस्ट पार्टी बुद्धभूमि नगर कमिटीको आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षण नगर सेक्रेटरी ममताको अध्यक्षतामा, पार्टी केन्द्रीय सदस्य तथा अर्घाखाँची, कपिलवस्तु इन्चार्ज जुझारुको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी कमल केसीको आतिथ्यता र जिल्ला सदस्य बिज्ञान क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :