धादिङमा दलित मुक्ति मोर्चा नेपालकाे वडा कमिटी गठन

धादिङमा दलित मुक्ति मोर्चा नेपालकाे वडा कमिटी गठन

दलित मुक्ति मोर्चा नेपाल धादिङ सिद्धलेख गाउँपालिका वडा नं. ५ मा वडा कमिटी गठन गरिएको छ । दलित मुक्ति मोर्चा नेपाल धादिङ सिद्धलेख गाउँपालिकामा सन्देश नेपालीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ ।

उक्त वडा भेलामा नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्ला पार्टी सदस्य तथा सिद्धलेख गाउँपालिका इन्जार्च धन बहादुर घलेको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पार्टीका गाउँपालिका सेक्रेटरी राजु घले जिल्ला सदस्य मोहन घले अखिल (क्रान्तिकारी) का धादिङ जिल्ला उपाध्यक्ष मनोज घले लगायतको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।
दलित मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन धनगढीमा हुँदैछ । त्यसको पूर्व तयारीमा धादिङ जिल्लामा दलित मुक्ति मोर्चा नेपाल संगठनमा विस्तारमा तिब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :