महासचिव विप्लवद्वारा सहिद महानको परिवारसँग भेटघाट तथा सम्मान

महासचिव विप्लवद्वारा सहिद महानको परिवारसँग भेटघाट तथा सम्मान

दाङ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द `विप्लव` ले एकीकृत जनक्रान्तिका सहिद गोकुल राना `महान` को परिवारसँग भेटघाट तथा परिवारलाई सम्मान गरेका छन् । राज्यको कथित प्रतिबन्धका विरुद्ध प्रतिरोध संघर्षमा सहादत प्राप्त गरेका सहिद महानका परिवारसँग महासचिव विप्लवले भेट गरेका हुन् ।

पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्द सत्रको अवसरमा दाङ पुगेका नेता विप्लवले सहिद महानको आदरणीय आमा तिलकुमारी राना, श्रीमती मालती राना र एक छोरा र दुई छोरीलाई सम्मान पत्रसहित सम्मान गरेका हुन् ।

युवा संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको बन्द सत्रको दोस्रो दिन सोमबार सहिद महान परिवारलाई सम्मान गरिएको हो । भेटमा महासचिव विप्लवले सहिद महानले देश र जनताको मुक्तिका खातिर एकीकृत जनक्रान्तिको अभियानमा गरेको बलिदानको उच्च सम्मान गर्नुका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । विप्लवले सहिद महानको मुक्तिको आकांक्षा पूरा गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । उनले भने, `हामी खरानी हुन्छौं तर सहिदको सपना पूरा गरी छाड्छौँ ।`
महासचिव विप्लवले महान जस्तो क्रान्तिप्रति प्रतिबद्ध, साहासिक योद्धा गुमाउँदा पार्टीलाई अत्यन्त ठूलो क्षती भएको समेत बताएका थिए ।
भेटघाटमा सहिद महानका परिवारले नेकपाका महासचिव विप्लवलाई देश र जनताको मुक्तिका खातिर महानको बलिदान व्यर्थ नहोस्, क्रान्तिलाई धोका नहोस् भनी विप्लवलाई सुझाव दिएका थिए । जवाफमा क्रान्तिमा धोका हुदैन, मुक्ती वा मृत्यु बाहेक अर्को सपना नभएको विप्लवको प्रतिबद्धता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :