नेकपा कास्कीद्वारा प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवाद अन्तरक्रिया सम्पन्न

नेकपा कास्कीद्वारा प्रगतिशील संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवाद अन्तरक्रिया सम्पन्न

पोखरा: नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा आयोजित प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला `कन्चन` को प्रमुख अतिथ्यतामा आयोजित प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको अमृत कक्ष गैर्हापाटनमा सम्पन्न भएको हो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, अधिवक्ता, व्यवसायी र देशभत्तm प्रगतिशील व्यत्तिmत्वहरुको उत्साहजनक उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले आफ्नो पार्टीले लिएको नीति र कार्यक्रमको अन्तर्वस्तु प्रगतिशिल संयुक्त सरकार, जनमतसंग्रह र वैज्ञानिक समाजवादको विषयलाई प्रष्ट पारेका थिए ।

नेकपा केन्द्रिय सचिवालय सदस्य बास्तोलाले देशको राजनैतिक संकट समाधानका लागि आफ्नो पार्टीले विकल्पका रुपमा प्रगतिशील संयुक्त सरकार निर्माण गर्दै अहिले चलिरहेको पुँजीवादी संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था बिच जनमत संग्रहको प्रस्ताव अघि सारिएको बताए ।

कार्यक्रममा उनले आन्दोलन भनेको काटमार र बुलेटको भाषा मात्र नभई मुख्य कुरा परिवर्तन रहेको र शान्तिपूर्ण आन्दोलन पनि बिद्रोहको एक रुप रहेको बताए । यस्तै दलाल संसदीय व्यवस्थाले पार्टीहरु बिच पनि एकजुट हुन नदिने र सत्ताले आवश्यकता अनुरुप नीति बनाउँदै आँफु अनुकुल प्रयोग गर्ने गरेको उल्लेख गरे ।

कार्यक्रमलाई थप सम्बोधन गर्ने क्रममा बास्तोलाले राजा आउँछ भन्ने कुरा जनता तर्साउने र भ्रम छर्ने काम भएको भन्दै राजाको बेलाका सम्भ्रान्त वर्गहरु नै आज यस्तो कार्य गरिरहेको बताउँदै उनले बुद्धको उदाहरण दिँदै अन्य देशहरुको मात्र उपलब्धि र उदाहरण भन्दा आफ्नै देशबाट आफ्नो देशको अनुशरण विश्वले लिने बनाउन सबै एक भएर आन्दोलनमा लाग्नुको विकल्प नरहेको बताए । उनले वैज्ञानिक समाजवाद राजनीतिक स्थिरता, सामाजिक गतिशीलता, शान्ति र समृद्धिको रुप रहेको उल्लेख गरे ।

यस्तै उत्तm अन्तरक्रिया कार्यक्रममा एकीकृत समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य श्रीनाथ बराल, नेकपा एमालेका कास्की जिल्ला सचिवालय सदस्य तेज नारायण अधिकारी, नेपाली कांग्रेसका कास्की जिल्ला सचिव देवेन्द्र रानाभाट, जसपाका कास्की जिल्ला अध्यक्ष गिरी प्रसाद गुरुङ, नेकपा (क्रान्तिकारी माओवादी) का कास्की जिल्ला इन्चार्ज रामजी थापा, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि गणेश अधिकारी, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा व्यवसायी आनन्द राज मुल्मी, नेकपाका प्रतिनिधि मनिष भट्टराई, अधिवक्ता महेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्णले नेपाल कम्युनिस्ट पार्टीले लिएको प्रगतिशील संयुक्त सरकारको अवधारणालाई स्वागत योग्य कदम रहेको बताउँदै देशले अग्रगमन खोजेको र स्वाधिन अर्थतन्त्रको निर्माण गर्दै समाजवादमा जाने माध्यमहरु प्रस्तुत गर्दै आआफ्नो सुझाव र शुभकामना दिएका थिए भने कार्यक्रममा उठेका सुझावहरुलाई केन्द्रीकृत गर्दै नेकपा सचिवालय सदस्य बास्तोलाले उपस्थित सम्पूर्णलाई थप प्रष्ट पारेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज उमा भुजेल, कास्की जिल्ला विशेष कमिटी सदस्य प्रकाश मल्ल लगायत पार्टीका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा कास्की जिल्ला कार्यलय सचिव काजि गुरुङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :