युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव विप्लव दाङमा

युवा सङ्गठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव विप्लव दाङमा

दाङ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई दाङमा भव्य स्वागत गरिएको छ ।

नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन कात्तिक १३ गते दाङको घोराहीस्थित सहिद मञ्चमा हुने उद्घाटन समारोहलाई सम्बोधन गर्न विप्लव दाङ आएको सङ्गठनले जनाएको छ ।

यस्तै सङ्गठनले भोलीदेखि सुरु हुने सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी रहेको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटनले जानकारी दिए ।

ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको पुर्वसन्ध्यामा सङ्गठनले जिल्लाका मुख्य शहर घोराही, तुलसीपुर, लमही, भालुबाङ लगायतका ठाउँहरूमा सयौँ झण्डा, ब्यानर टाँसेर रङ्गिचङ्गि बनाएको छ । यस्तै जिल्लाका विभिन्न ठाउँमा स्वागत गेट, भित्तेलेखनका कामहरू सम्पन्न गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :