रूपन्देहीमा नेकपाद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

रूपन्देहीमा नेकपाद्वारा वीरजङ्गको सम्मानमा श्रद्धाञ्जली सभा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले वीरजङ्गको सम्मान र सम्झनामा बुधबार बुटवलमा श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृतिले वीरजङ्ग योजना, बिचार, क्रान्ति प्रतिको निष्ठा र दृढताको प्रतिक रहेको बताउँदै उहाँको जनतासित नङ र मासुको जस्तो सम्बन्ध रहेकोे बताएका छन् । नेता कृतिले वीरजङ्गका सपनाहरूलाई पूरा गर्नु नै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । यस्तै श्रद्धाञ्जली सभामा बोल्दै नेकपाका जिल्ला सेक्रेटरी विश्वासले वीरजङ्गलाई चुनौति र सम्भावना दुबैमा सम्झने बताउँदै, भौतिक रुपमा जनक्रान्तिको यात्रामा छोडिए पनि बिचार, योजना र देखेका सपनाहरू पूरा गर्न बलिदानी भावसहित लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र समाजवादीका नेता बिनोद उपाध्याय, नवीन थारू, श्याम सेन्चुरी, सागर, जया, गुणाखर भट्टराई, ज्योतिलाल बिकलगायतले बोलेका थिए । सेक्रेटरी बिश्वासको अध्यक्षता, बिरेन्द्र बिकको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रकाशसिंह रानाले वीरजङ्गको जीवनसित सम्बन्धित कविता बाचन गरेका थिए भने शिशिरले वीरजङ्गको जीवनी बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :