नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको आयोजनामा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को सम्मानमा बुधबार श्रद्धाञ्जली सभा मेलम्ची ९ ज्यामिरेमा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै प्रमुख अतिथि तथा पार्टीका सिन्धुपाल्चोक जिल्ला सचिव युगीनले वीरजङ्गको निधनले पार्टी र एकीकृत जनक्रान्तिलाई अतुलनीय क्षति भएको बताए । नेता युगीनले नेकपामाथि प्रतिबन्ध लगाएर, नेता वीरजङ्गलाई झूट्टा मुद्दा लगाएर, जेल हालेर उपचार नगराई मारिएको बताए । जेलबाट उपचारका लागि सिधैँ अस्पताल लगिएका नेता वीरजङ्गको निधन स्वाभाविक मृत्यु नभएर राज्यले उपचार नगरेर र यातना दिएर गरेको हत्या हो उनले भने, ‘अमर योद्वा क. वीरजङ्ग नेपाल कम्युनिस्ट पार्टीको मात्र नेता नभएर नेपाली सर्वहारा वर्गको नेता भएको र उहाँले नेपाली समाजवादी क्रान्ति पूरा गर्नको लागि व्यक्तिगत सबै लोभलाचल त्यागेर सामूहिक जीवनमा लाग्नु भएको नेता हुनुहुन्थ्यो । ’
उनले विरजङ्गको अधुरो सपना पूरा गर्न एकीकृत जनक्रान्तिले पूरा गर्नु अनिवार्य बनेको र तपाईं हामी सबैको काँधमा यो जिम्मेवारी थपिएको धारणा राखे ।
उक्त श्रद्धाञ्जली सभा कार्यक्रमको पार्टीका विशेष कमिटी सदस्य किरण घिमिरेले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्