नेकपा गोरखाद्वारा वीरजङ्गको सम्मान र स्मृतिमा श्रद्धाञ्जली सभा

नेकपा गोरखाद्वारा वीरजङ्गको सम्मान र स्मृतिमा श्रद्धाञ्जली सभा

गोरखा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरजङ्गको सम्मान र स्मृतिमा नेकपा गोरखाले सहिद लखन गाउँपालिकाको ताक्लुङ्मा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सभाका प्रमुख अतिथि एवम् पार्टीका गोरखा जिल्ला सेक्रेटरी कपिल भट्टले श्रद्धाञ्जली मन्तव्य राख्दै वीरजङ्गले देखाउनु भएको महान् क्रान्तिकारी बाटोमा निरन्तर लागिरहने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने बताए । उनले भने, ‘नेपाली अनुहारका सिदेमान र ज्योतिबसुहरूले सुनियोजित ढङ्गले वीरजङ्गलाई बन्दी बनाए, मानसिक यातना दिए, शारीरिक कष्ट दिए, अन्ततः उपचारसमेत गर्न नदिएर वीरजङ्गको हत्या गरे ।’ उनले वीरजङ्गको निधन सगरमाथा झैँ उच्च रहेकोसमेत बताए ।

नेता भट्टले दिवङ्गत नेता वीरजङ्गको मृत्युको कारण अमानवीय व्यवहार भएका राज्यसत्ता र शासकहरू पनि दोषी भएको बताए ।

उक्त सभामा पुर्व सांसद माया चेपाङ, किसान महासङ्घका केन्द्रीय सदस्य किसान लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :