अखिल (क्रान्तिकारी) को दोस्रो पूर्ण बैठक नवलपरासीमा सुरु

अखिल (क्रान्तिकारी) को दोस्रो पूर्ण बैठक नवलपरासीमा सुरु

नवलपरासी : नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक नवलपरासीको बर्दघाटमा सुरु भएको छ । असोज ६–९ गते पोखरामा भएको ऐतिहासिक २२ औँ राष्ट्रिय सम्मेलन पछि दोस्रो पूर्ण बैठक बसेको हो ।

बैठक कार्तिक ८–९ गते दुई दिनसम्म चल्ने केन्द्रीय उपाध्यक्ष नरेन्द्र बिकले जानकारी दिएका छन् । प्रकाश शाहीको अध्यक्षतामा प्रमुख अतिथि नेकपा महासचिव विप्लव रहेका छन् ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा केन्द्रीय सदस्य एवम् फ्याक्सन इन्चार्ज चिरन पुन, केन्द्रीय सदस्य एवम् नवलपरासी/नवलपुर इन्चार्ज सरद ओली, केन्द्रीय कार्यालय सचिव असल क्षेत्री, विद्यार्थीका पुर्व अध्यक्ष चिरञ्जीवी ढकाल लगायत केन्द्रीय समितिका विद्यार्थीहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :