नेकपा दैलेखको बैठक तथा प्रशिक्षण सम्पन्न

नेकपा दैलेखको बैठक तथा प्रशिक्षण सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी ठाँटीकाध गाउँपालिका र आठबिस नगरपालिका कमिटीको सहकार्यमा संयुक्त रुपमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आठबिस नगरपालिका वाड न ४ को राखम कर्णालीमा जिल्ला पार्टीका महत्वपूर्ण निर्णयसहित प्रशिक्षण सम्पन्न भएको हो ।

दैलेख जिल्ला सेक्रेटरी कलम बिक ‘दिपेन्द्र’ ले कार्यक्रममा सम्बोधन गर्दै नेपालका दलाल पुँजीवादी शक्ति देशलाई खोक्रो बनाइसकेकोले अब देश समृद्धि, जनताहरूलाई सुखी र खुसी राख्नको लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताए । उनले देशमा कम्युनिस्टको नाम बेचेर दलाली गर्ने संसदीय दलका मतियारहरूले मजदुर, किसान, उत्पीडित गरिब जनताको श्रम र पसिना चुसेका छन्, यसको मुल श्रेय भनेको दलाल संसदीय व्यवस्था भएकोले यसको अन्त्यको लागि वैज्ञानिक समाजवाद स्थापनाको लागि जनमतसङ्ग्रह गर्न एकता हुनका लागि अपिल गरे । साथै दिपेन्द्रले पार्टीलाई आत्मनिर्भर बनाउनको लागि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा क्रान्तिकारी पार्टीलाई अझैँ मजबुत बनाउने बताए ।

यसैगरी अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय सदस्य एवम् आठबिस नगरपालिकाका इन्चार्ज प्रकाश बिश्वकर्माले सम्बोधन गर्दै स्थानीय तहमा भएको अनियमितताको बिषयमा प्रष्ट पारी वैज्ञानिक समाजवादमा जानुपर्ने बताए ।

उक्त कार्यक्रममा अध्यक्षता ठाँटीकाध गाउँपालिकाका सेक्रेटरी लालबहादुर भण्डारी, प्रमुख अतिथि दैलेख जिल्ला सेक्रेटरी कलम बिक ‘दिपेन्द्र’, अतिथिहरू क्रान्ति, जीवन बिक, सहिद परिवार र सम्पूर्ण परिवर्तनकारी जनसमुदायको उपस्थितिमा कार्यक्रमको सञ्चालन दैलेख जिल्ला कमिटी सदस्य लोकराज कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :