नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमद्वारा नेता वीरजङ्गप्रति श्रद्धाञ्जली प्रकट

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमद्वारा नेता वीरजङ्गप्रति श्रद्धाञ्जली प्रकट

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको बैठकले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ प्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले नेता वीरजङ्गको क्रान्तिकारी यात्रा र उनको योगदानका बारेमा पनि छलफल गरेको छ ।

मोर्चाले अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दै नेपालको अबको अग्रगामी निकास वैज्ञानिक समाजवाद नै हो भन्ने विषयमा प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समर्थन जुटाउन अभियान चलाउने निर्णय पनि गरेको छ । बैठक मोर्चाका अध्यक्ष मेख गुरुङको अध्यक्षतामा बसेको जनाइएको छ ।

कोरोना महामारी सुरु भएपछि भर्चुअल रूपमा बस्दै आएको मोर्चाको बैठक कोरोना सङ्क्रमणका नियमहरू खुकुलो हुँदै गएकाले १७ अक्टोबर अर्थात् असोज ३१ गते भने भौतिक रूपमा नै बैठक भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :