प्रवक्ता प्रकाण्डले भेटे उपचाररत क्रान्तिकारी माओवादीका नेता किरणलाई

प्रवक्ता प्रकाण्डले भेटे उपचाररत क्रान्तिकारी माओवादीका नेता किरणलाई

काठमाडौँ : नेकपाका प्रवक्ता प्रकाण्डले श्वास–प्रश्वाससम्बन्धी समस्या बढेर नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लाई भेटेर पार्टीका तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पार्टीस्रोतले दिएको जानकारीअनुसार प्रवक्ता प्रकाण्डले सोमबार नेता किरणलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुका साथै समसामयिक राजनीतिक विषयमा पनि कुरा गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव किरण दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् । अस्पताल स्रोतले नेता किरणको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ ।

नेता किरण र प्रवक्ता प्रकाण्डबीच उनी स्वास्थ्यलाभ गरी फर्किएपछि मुलुकको सङ्कटग्रस्त वर्तमान राजनीतिलाई निकास दिन तय हुने आगामी योजना तथा कार्यक्रमबारे छलफल गरी निष्कर्ष निकाल्ने विषयमा समेत छलफल भएको नेकपाको उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :