विभिन्न निर्णय गर्दै नेकपा सल्यानको दोस्रो बैठक सम्पन्न

विभिन्न निर्णय गर्दै नेकपा सल्यानको दोस्रो बैठक सम्पन्न

सल्यान: नेपाल कम्युनिष्ट पार्टी सल्यानको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेकपाका सल्यानका सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा तथा नेकपाका केन्द्र सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेलको प्रमुख आतिथ्यता र विषेश कमिटी सदस्य लोक्पालको आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकले ४३ सदस्य जिल्ला समिति र ९ सदस्यीय जिल्ला सल्लाकार समिति विस्तार गरेको बैठकपछि जारी विज्ञप्तीमा नेकपा सल्यानले जनाएको छ । त्यस्तै सबै पालिकामा इन्चार्जहरु तोकिएको जनाइएको छ ।

पार्टी पुर्नगठन दिवसको अवसरमा मंसिर ८ गते काठमाडौँमा हुने जनसभाको भव्य तयारी गर्ने र सल्यान जिल्लाबाट उल्लेखनीय नेता कार्यकर्ताहरु उपस्थित बनाउने बैठकले निर्यण गरेको जिल्ला सेक्रेटरी चन्दले बताए ।

भ्रष्टाचार, व्यतिथि, बेरोजगारीका विरुद्ध जनसंघर्ष संञ्चालन गर्ने पनि उनले बताए । जनमत संग्रह र वैज्ञानिक समाजवादको विषयमा व्यापक बहस तथा अन्तरक्रिया गोष्ठी गर्ने, प्रत्येक ठाउँमा भित्तेलेखन लगायतको प्रचारप्रसार गर्ने समेत निर्णय गरेको छ ।

त्यस्तै जिल्ला पार्टी कार्यलय सल्यान खलंगामा स्थापना गर्ने पनि उनले बताए ।बैठकमा २१ महिना लामो जेल बसेर रिहा भएका जिल्ला कमिटी सदस्य सन्तोषलाई अभिनन्दन तथा स्वागत गरिएको थियो । जिल्ला कारागार सल्यान भित्र दुव्र्यवहार भएको कैदीबन्दीहरुप्रति नाइके तथा चौकिदारहरुले ज्यादती गरेको बैठकले निष्कर्ष निकाल्दै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । शुक्रबार मात्रै नेकपाका अर्का जिल्ला समिटी सदस्य कालिराम बादी ‘सुर्य’ रिहा भएका छन् ।

बैठकपछि जारी विज्ञप्तीको पूरा पाठ-

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :