नेपाल कम्युनिस्ट पार्टी प्यूठानको २९ औं पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी प्यूठानको २९ औं पूर्ण बैठक सम्पन्न

प्यूठान: नेपाल कम्युनिस्ट पार्टी प्यूठानको २९ औं पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । असोज २१ र २२ गते जिल्ला कार्यालय बिजुवारमा बसेको बैठकले राजनैतिक तथा वैचारिक, पार्टी संगठन विस्तार, संघर्ष र आर्थिक लगायतका विविध विषयहरुमा व्यापक छलफलसहित महत्त्वपूर्ण निर्णय गर्दै बैठक शुक्रबार सम्पन्न भएको हो ।
ने.क.पा. प्यूठानका सेक्रेटरी अजयको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज दल बहादुर केसी जागृतिले रिपोर्टिङको क्रममा उठेका विषयवस्तुमाथि जवाफ र प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । इन्चार्ज केसीले भने, -`एकीकृत जनक्रान्तिको, जनमत संग्रह र दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा आम जनताले बुझ्ने गरी गाउँगाउँमा जनताको माझमा लैजानु पर्छ ।`

त्यस्तै पूर्व जिल्ला इन्चार्ज रत्न थापा सुर्यप्रकाशले पनि अहिले स्थानीय तहमा मौलाउदै गएको भ्रष्टाचारी, कमिसनखोरी र दलालीकरणका विरुद्ध पार्टीले प्रभावकारी हस्तक्षेप गर्नुपर्ने बताए । उनले राष्ट्रघातका विरुद्ध संघर्ष गर्दै दलाल पुँजीवादको अन्त्य नगरेसम्म देशमा शान्ति, स्थिरता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापना नहुने पनि बताए ।

बैठकले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको ३ बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन देखिएकाले कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम हरु गर्ने, भ्रष्टाचारी, कमिसनखोर र दलालहरुलाई सत्य तथ्य छानविन तथा अध्ययन अनुिन्धान गरि जनताको माझमै हदैसम्मको कार्वाही गर्ने, त्यस्तै राष्ट्रघाती एमसीसी सम्झौता, करछली गर्ने अन्तर्राष्ट्रिय बहुनिगम कम्पनी एनसीएलका विरुद्ध विभिन्न प्रकारका दबाबमूलकलक संघर्षका कार्यक्रम तथा कार्वाही गर्ने निर्णय गरेको छ , त्यस्तै पार्टी पुनःस्थापना दिवसको अवसरमा आगामी मंसिर ८ गते काठमाडौंमा हुने बृहत् जनसभाको लागि प्रचारप्रसार र व्यापक भित्तेलेखन, बाल पेन्टिङ लगायतका कार्यक्रम गर्ने महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको नेकपा प्यूठानका सेक्रेटरी अजयले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :