नेपाल कम्युनिष्ट पार्टी रोल्पाको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी रोल्पाको बैठक सम्पन्न

रोल्पाः नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी रोल्पाको बैठक सम्पन्न भएको छ । बैठक शुक्रबार र शनिबार गरी दुई दिनसम्म बसेको जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द ‘मानव’ ले जानकारी दिए ।

सेक्रेटरी मानवका अनुसार मंसिर ८ गते काठमाडौँमा हुन गइरहेको विशाल आम सभाको तयारी र कोभिड नियन्त्रणका लागि एकीकृत जनसुरक्षा अभियानलाई निरन्तरता दिने निर्णय भएको छ । सर्बपक्षिय अन्तरक्रिया अभियानको माडीगाउँ कमिटीको संयोजकमा सन्दिप र परिवर्तन गाउँ कमिटीको संयोजकमा पृथ्वीलाई जिम्मेवारी दिने निर्णय भएको बताइएको छ ।

नेकपा रोल्पाले विगतदेखि कोभिड नियन्त्रण एकीकृत जनसुरक्षा अभियान अन्तर्गत विभिन्न राजनीतिक दलहरु, स्थानीय जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी तथा व्यवसायीहरुसँग कोभिड १९ नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :