नेकपाका प्रवक्ता प्रकाण्ड, गृहमन्त्री खाँड र सञ्चारमन्त्री कार्कीबीच भेटघाट

नेकपाका प्रवक्ता प्रकाण्ड, गृहमन्त्री खाँड र सञ्चारमन्त्री कार्कीबीच भेटघाट

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खॉड र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की बीच शनिबार भेटघाट
भएको छ । उक्त भेट क्रममा ३ बुँदे सहमति कार्यान्वयन, बन्दी रिहा र मुद्या खारेजका विषयमा गम्भीर छलफल भएको र छलफल सकारात्मक रहेको नेकपा प्रवक्ता प्रकाण्डले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य समेत रहेका प्रकाण्डले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति सरकारले पूर्ण रुपले कार्यान्वयन नगरेकोप्रति गम्भीर ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री खाँडले नेकपा नेताकार्यकर्तामाथिको मुद्या खारेजी र बन्दी रिहाका लागि तयारीस्वरुप सरकारले ३/४ दिन गृहकार्य गर्ने बताएका छन् ।
सरकारले आफ्नो गृहकार्य गरिसकेपछि पुनः भेटघाट हुने बताइएको छ । ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :