दैलेखमा नेकपाका जिल्ला सदस्य देब बहादुर शाहीको शोक सभा सम्पन्न

दैलेखमा नेकपाका जिल्ला सदस्य देब बहादुर शाहीको शोक सभा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी, दैलेखले पार्टीका जिल्ला कमिटी सदस्य देब बहादुर शाहीको शोक सभा कार्यक्रम सम्पन्न गरेको छ । देब बहादुर शाहीको अरिङालको टोकाईबाट असोज ९ गते निधन भएको थियो ।

पार्टीका जिल्ला कमिटी सदस्य सुदर्शनको अध्यक्षतामा भएको शोकसभा कार्यक्रममा नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्र प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि दिपेन्द्रले शोकसभा बोल्दै देबहादुर शाहीले समाज परिवर्तनमा गरेको राजनीतिक योगदानको पार्टीले उच्च मुल्याङकन गरेको उल्लेख गर्दै भौतिक रुपमा उहाँ हाम्रो बिचमा नरहेपनि उहाँले देखाएको समाजवादको बाटोमा अघि बढ्नुपर्ने बताए । उहाँको निधनबाट पार्टी र उँहाको परिवार शोकमा डुबेको उल्लेख गरे ।

कार्यक्रममा मृतक देव बहादुर शाहीको फोटोमा माला र अबिर लगाएर श्रद्धाञ्ञ्जली गरिएको थियो । कार्यक्रमको सञ्चालन पार्टी जिल्ला कमिटी सदस्य अबिरलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :