नेकपा कपिलवस्तुद्वारा तुलसीसेन ओलीको निधनप्रति दुःख व्यक्त

नेकपा कपिलवस्तुद्वारा तुलसीसेन ओलीको निधनप्रति दुःख व्यक्त

नेपाल कम्युुनिष्ट पार्टी कपिलवस्तुले पार्टीका जिल्ला समितिका सदस्य बादलकी ममतामयी आमा तुलसीसेन ओलीको शुुक्रबारका दिन ५० वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।
नेपाल कम्युुनिष्ट पार्टी कपिलवस्तुका जिल्ला सेक्रेटरी कमलले एक शोक वक्तव्य जारी गरी विजयनगर गाउँपालिका वडा नम्बर–३ दिपेन्द्र नगर चौवा निवासी तुलसीसेन ओलीको निधनले आफूहरुलाई दुुःखीत तुुल्याएको भन्दै यस दुुःखद घडीमा मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
साथै बादल लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :