नेपाली जनप्रगतिशील मोर्चा, मलेशियाको पाँचौ अधिवेशन सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा, मलेशियाको पाँचौ अधिवेशन सम्पन्न

नेपाली जनप्रगतिशील मोर्चा, मलेशियाको पाँचौ अधिवेशन ३ अक्टोबर २०२१ मा जूम प्रविधिबाट सम्पन्न गरेको छ । `विश्वभर रहेका श्रमिकहरुले मार्क्सवादी चेतनाको विकास गरौँ, हामी माथिको शोषणको अन्त्यका लागि संघर्ष गर्दै वैज्ञानिक समाजवाद स्थापना गरौँ’ भन्ने मूल नाराका साथ सम्पन्न भएको अधिवेशनको सभापतित्व विजय लामाले गरेका थिए ।

अधिवेशनमा नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रमूख अतिथि र केन्द्रीय सदस्य तथा स्कूलिङ विभाग इन्चार्ज भेषराज भुसाल विशेष अतिथिका रुपमा सहभागी थिए । उक्त अधिवेशनमा विभिन्न देशमा संगठित मोर्चाहरु बेल्जियम, जर्मनी, स्पेन, पोर्तुगल, अमेरिका, जापान, भारत, बहराइन, कतार, युएई र साउदीका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मलेसियामा रहेको नेपाली दूतावासका प्रतिनिधि पनि उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला कञ्चनले कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै नेपाली क्रान्तिको मात्र नभएर माक्र्सवादी विचारको विकास र प्रयोग गर्ने क्रममा एकिकृत जनक्रान्ति नविन, वैज्ञानिक र वस्तुगत कार्यदिशा रहेको यसले मात्र विश्वभर छरिएका श्रमिकहरुको मुक्ति आन्दोलन नेतृत्व गर्ने सक्ने र यसको लागि पार्टीले हदैसम्मको संघर्ष गर्दै आएको बताए । उनले दलाल पुँजिवादको विरुद्ध संसारका मजदुर एक भए मात्र श्रमजीवीहरुको मुक्ति वैज्ञानिक समाजवाद स्थापना हुने र यसले मात्र श्रमजीवीहरुको माग पूरा गर्ने बताए । कार्यक्रममा विषेश अथिति तथा स्कुलिङ विभाग प्रमुख भेषराज भुसाल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष गुणराज लोहनी, जनप्रगतिशील मोर्चा युरोप अध्यक्ष विष्णु भुजेल, रमेश गिरी, मध्ये पूर्व साथै मलेसिया रहेका संघसंस्थाहरु र नेपाली दुतावास मलेसियाको तर्फबाट प्रतिनिधि प्रतिक कार्की, एनआरएन अध्यक्ष विनोद थापा लगायत युरोप अमेरिका साउदी कतार जापान, बहराइन देशबाट रहेका सम्पूर्ण अथितिहरुले निर्वाचित समितिलाई शुभकामना प्रधान गरेका थिए ।

संगठनले मलेसियामा रहेको दूतावास र नेपाली समुदायको सहयोगमा त्यहाँका मजदूरहरुको दुःख पीडामा साथ दिँदै आएको रोमन क्षेत्रीले जानकारी दिए ।

अधिवेशनले महेशकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिमा विस्फोट मगर र विजय लामा सदस्य रहेका छन् । मोर्चाको पाँचौ अधिवेशनले जोन राईको नेतृत्त्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष जोन राई, उपाध्यक्ष हिमाल चौधरी, उपाध्यक्ष लालकुमारी रोका, महासचिव तुफान सिंह, कोषाध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । यसैगरी प्रवक्तामा अभिषेक मोक्तान, सचिवमा रोमन क्षेत्री र सदस्यहरुमा कैलाश कार्की, श्याम लामा, अविषेक मोक्तान, प्रकाश लुइँटेल, कैलास कार्की, श्याम लामा, सुरेश क्षेत्री, ज्ञानबहादुर रावल, अमर थारु, अर्जुन क्षेत्री, धिरज मल्ल, यूभि मिश्र, सन्तोष विश्वकर्मा, चिनक घर्तीमगर, सुवास आरोही, दिपराज मल्ल र कर्ण ओकिरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :