नेकपा ओखलढुङ्गाको जिल्ला बैठक सम्पन्न

नेकपा ओखलढुङ्गाको जिल्ला बैठक सम्पन्न

ओखलढुङ्गा : नेकपा ओखलढुङ्गाको ११ औँ पूर्ण जिल्ला बैठक सम्पन्न भएको छ । बैठकको अध्यक्षता पार्टी सेक्रेटरी दिनेशले गरेका थिए भने प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुंगा इन्चार्ज बिबेक कुमालले गरेका थिए ।

बैठकमा हालै पार्टीको ११ औँ केन्द्रीय समितिको बैठकले पेश गरेको आगामी कार्ययोजनाको बिषयमा घनिभूत छलफल सहित केन्द्रीय सदस्य कुमालले जिल्ला कमिटी सदस्यहरूलाई प्रशिक्षण गरेका थिए । आगामी दिनमा जिल्लाका सबै स्थानीय तहहरूमा पार्टीको सङ्गठनात्मक अभियान चलाउने र आधारभूत जनताको तहमा पार्टीको बिचारलाई प्रस्टाउने निर्णय गरिएको छ ।

जिल्लामा भएको सबै क्षेत्रको भ्रष्टाचारहरूको खोजी गरि भ्रष्टाचार गर्नेहरूलाई पार्टीको नीति नियम अनुसार कारवाही गर्ने निर्णय गरिएको छ । प्रगतिशील संयुक्त सरकार जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको लागि जिल्ला स्तरमा सबै राजनीतिक पार्टीहरू, बौद्धिक ब्याक्तित्वहरू, देशभक्त लोकतान्त्रिक शक्तिहरूसँग घनिभूत रूपमा छलफल गर्ने निर्णय गरिएको छ ।

त्यसैगरि मंसिर ८ गते पार्टीको पुनःस्थापना दिवसको लागि जिल्लामा सबै जनशक्ति परिचालन गरि सङ्गठानात्मक कार्यमा लागिपर्ने साथै सहिद, घाइते परिवारहरूसँग भेटघाट गर्ने भनि निर्णय गर्दै बैठकको अध्यक्षता दिनेशले बैठक समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :