नेकपा मोरङले गर्यो उत्साहजनक भेटघाट

नेकपा मोरङले गर्यो उत्साहजनक भेटघाट

मोरङ : नेपाल कम्युनिस्ट पार्टी मोरङले जिल्लाको उर्लाबारी १ मा सुकुम्बासीहरूसँग उत्साहजनक भेटघाट गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता सुकुम्बासीमा पुग्दाखेरी सुकुम्बासीको अनुहारमा खुसीयाली छाएको थियो । उनीहरूले नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई घर परिवार जस्तै व्यवहार गरी उत्साहजनक भेटघाट गरेका थिए । सुकुम्बासीहरूले नेपाल कम्युनिस्ट पार्टीलाई आफ्नै पार्टी भनि क्रान्तिमा गोलबद्ध हुने र अन्य साथीभाईहरूलाई पनि क्रान्तिको आवश्यकता देशमा छ भनि एकताबद्ध हुनेसमेत बताए ।

सुकुम्बासीहरूले नेपाल कम्युनिस्ट पार्टी मात्रै यस्तो पार्टी रहेको जसले गरिव असाहाय जनतालाई साथ दिने र नेपाल कम्युनिस्ट पार्टी मात्रै यस्तो पार्टी जसले नेपाली भूमिको संरक्षण गर्ने र गरिब असाय नेपाली जनताको परिवार रहेको र यसले मात्रै नेपाली जनतालाई मुक्तिको बाटो डोर्याउने बताए र चाँडोभन्दा चाँडो सङ्गठित गराई क्रान्ति बाटोमा सुकुम्बासीहरूलाई पनि अघि वढाउन नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूसँग आग्रहसमेत गरे ।

भेटघाट भने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य विकल्प, रकेट नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला युवा संयोजक आकास र नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला सदस्य तथा अखिल क्रान्तिकारी जिल्ला संयोजक आकाश भेटघाटको क्रममा सुकुम्बासी बस्तीमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :