३ बुँदे सहमति कार्यन्वयन दबाबका लागि रोल्पामा धर्ना

३ बुँदे सहमति कार्यन्वयन दबाबका लागि रोल्पामा धर्ना

रोल्पाः नेपाल कम्युनिस्ट पार्टीले ३ बुँदे सहमति कार्यन्वयन दबाबका लागि जिल्ला प्रशासन कार्यलयमा धर्ना एवं कोणसभा सम्पन्न गरेको छ । सरकार र नेकपा बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेकपाले जिल्ला प्रशासन कार्यालय रोल्पाको गेट अगाडि धर्ना दिएको हो ।

नेकपाले जिल्ला प्रशासन कार्यालय रोल्पा अगाडिबाट कालो ब्यानरसहितको धर्ना कार्यक्रम तथा कोणसभा गरेको छ ।धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द मानवले विनासर्त सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरे । गैरकानुनी रुपमा पार्टीमाथि प्रतिबन्ध लगाएर तत्कालिन ओली सरकारले दमन गरेको भन्दै पक्राउ परेका सम्पूर्ण नेताकार्यकर्तालाई रिहा नगरे कडा संघर्षमा जान बाध्य हुने चेतावनी दिएका छन् । ३ बुँदे सहमति भएको लामो समय भइसक्दा पनि नेता कार्यकर्ता नछोडेको भन्दै नेकपाले धर्ना कार्यक्रमको आयोजना गरेको जिल्ला सेक्रेटरी मानवले बताए ।

साथै कोण सभालाई सम्बोधन गर्दै पूर्व जिल्ला इन्चार्ज तथा विषेश कमिटीका सन्तोष सुवेदी प्रयासले सहमति कार्यान्वयन नभए सरकारले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्ने चेतावनी दिए । तीन बुँदे सहमतिको कार्यन्वयन,पार्टीका नेताकार्यकर्तामाथि लगाइएका झुठ्ठा मुद्धा खारेज र सम्पूर्ण राजबन्दी रिहाइको माग गर्दै नेकपाले सोमबार देशव्यापी धर्ना दिएको छ । गत फागुन २१ गते नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेकपा बिच ३ बुदेँ सहमति भएको थियो । सो सहमति अनुसार नेताहरुमाथि लगाइएका मुद्दाहरु खारेजी र नेताकार्यकर्ता रिहाई भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :