दाङमा एउटै वडाबाट विभिन्न संसदवादी पार्टी परित्याग गरि ९ जना नेकपामा प्रवेश

दाङमा एउटै वडाबाट विभिन्न संसदवादी पार्टी परित्याग गरि ९ जना नेकपामा प्रवेश

दाङः पछिल्लो समय दाङ जिल्लाभरी संसदवादी पार्टी परित्याग गरि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको संख्या बढिरहेको छ । यही क्रममा शान्तिनगर गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि ९ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

शान्तिनगर गाउँपालिका ३ बस्तीखोलामा बस्ने माओवादी केन्द्रका एरिया सदस्य धन बहादुर विक, माओवादी केन्द्रका पार्टी सदस्यहरु कर्ण बहादुर विक, सुकमाया थापाले नेकपामा प्रवेश गरेका छन् । यस्तै सोही वडा निवासी नेपाली कांग्रेसबाट गमान सिंह विक, नम बहादुर विक, बुद्धिकला विकले नेकपामाा प्रवेश गरेका हुन् । तत्कालिन स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा सदस्य उम्मेदवार शोभा विक लगायत एमाले पार्टी सदस्यहरु शुकराम विक र नन्दीका स्वर्णकारले पनि पार्टी प्रवेश गरेको नेकपा शान्तिनगर गाउँपालिका इन्चार्ज निर्मलले बताए । पालिका इन्चार्ज निर्मलले पार्टी प्रवेश गर्नेहरुलाई रातो टीकासहित पार्टीमा स्वागत गरेका छन् ।

संसदीय व्यवस्था सैद्धान्तिक र व्यवहारिक दुबै ढंगले असफल सिद्ध भएको र संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ती सम्भव नभएको पार्टी परित्याग गर्नेहरुको धारणा रहेको छ । उनीहरुले नेपालमा सच्चा कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेकपा भएको र पार्टीले लिएको वैज्ञानिक समाजवाद स्थापनाको दृढ संकल्प र वैज्ञानिक समाजवादले नै सबैखाले संकट समाधान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :