तीन बुँदे सहमति कार्यान्वयनको मागसहित मकवानपुर जिल्ला प्रशासनमा धर्ना

तीन बुँदे सहमति कार्यान्वयनको मागसहित मकवानपुर जिल्ला प्रशासनमा धर्ना

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले फागुन २१ गते भएको नेकपा र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति कार्यान्वयनको मागसहित मकवानपुर जिल्ला प्रशासन कार्यालय हेटौंडामा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार आयोजित धर्ना कार्यक्रमको सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले फागुन २१ गते भएको सहमति कुनै आलटाल नगरी सतप्रतिशत लागू गर्न दमदार माग गरेका छन् । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमति आलटाल गर्दै देउवा सरकारसम्म आइपुगेको र अब देउवा नेतृत्वको सरकारले कुनै पनि कर्तुत नराखी कार्यान्वयन गर्नुपर्ने बताए । यदि सरकारले यस काममा ढिलासुस्ती, आनाकानी गरी सहमति बिथोल्न खोजेमा नेपाल कम्युनिस्ट पार्टी आम जनताको साथमा सडक संघर्षमा उत्रने अठोट गरेका छन् ।

त्यस्तै धर्ना कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी वाटरले तीन बुँदे सहमतिको विषय लिएर जनता सडक संघर्षमा आउन बाध्य बनाएको खण्डमा निकट भविष्यमा हुने सम्पूर्ण अशान्ति र क्षतिको जवाफदेही सरकार आफै हुनुपर्ने बताए । त्यसैले तीन बुँदे सहमतिको न्यायोचित ढंगले तत्काल कार्यान्वयन गर्न र गराउन सरकारसहित आम नेपाली जनता लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :