सरकारले सहमति कार्यन्वयन नगरे आफूहरु संघर्षमा होमिने सुदर्शनको उद्घोष

सरकारले सहमति कार्यन्वयन नगरे आफूहरु संघर्षमा होमिने सुदर्शनको उद्घोष

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश वली `सुदर्शन`ले संसदीय व्यवस्था भनेको जनताले बोल्न पाइने तर खाना नपाइने व्यवस्था भएको बताएका छन् । संसदीय व्यवस्थामा जान ७० प्रतिशत जनप्रतिनिधिहरु ठेकेदार र दलाल भएको बताउँदै उनले यो व्यवस्थाले जनतालाई निकास नदिने बताए ।

नेकपा सल्यानले सोमबार बरलामा गरेको स्वागत कार्यक्रममा बोल्दै नेता सुदर्शनले आजको समस्या अधिकारको नभएर पुजिँवाद भएको बताएका हुन् ।

उनले भने, -`संसदीय प्रणाली भनेको दलाल पुँजीवादी हो । जनताको समस्या यो संसदीय प्रणालीले हल गर्न सक्दैनन् ।` संसदीय व्यवस्थामा सबैभन्दा बढी कुरुपता भएको बताउँदै उनले साम, नाम दण्डभेद गरेर जनप्रतिनिधिहरुले नै चुनाव जित्ने गरेको बताए ।

करोडौं हुनेले मात्रै चुनाव जित्ने तर गरिब जनताको छोराछोरीले चुनाव लड्नेसम्मको आँट गर्न नसक्ने अवस्था भएको उनको भनाइ छ । उनले अबको विकल्प भनेको वैज्ञानीक समाजवाद भएको बताए । उनले भने, `अब कुन चाँहि व्यवस्था सहि हो जनतामा जान दिउँ ।`

त्यस्तै उनले शान्तिपुर्ण ढंगबाट व्यवस्थाको कुरा गर्दा राज्यबाट नै सुरुमा बन्दुक उठ्ने गरेको बताए । उनले भने, -`सुरुमा हामीले कहिल्य पनि हतियार उठाएका छैनौं । तर राज्यबाट नै सुरुमा हतियार उठ्छ ।` राज्यले उठाएको हतियारको जवाफ दिन प्रतिक्रान्ति गर्नुपर्ने अवस्था हुने गरेको उनले बताए ।

सरकार र आफ्नो पार्टीबीच भएको ३ बुँदे सहमतिलाई अहिलेको सरकारले कार्यन्वयन नगरेको उनले बताए । अझै पनि सरकारले त्यसलाई कार्यन्वयन नगरे आफुहरुले त्यसैलाई हतियार बनाएर संघर्षमा होमिने उनको भनाइ छ । तीन बुँदे सहमतिमा भएको बन्दीहरुको रिहाइ र झुट्टा मुद्दा फिर्ताको कार्यन्वयन नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :