३ बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्न मागसहित कालिकाेट प्रशासन कार्यलयमा ज्ञापनपत्र

३ बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्न मागसहित कालिकाेट प्रशासन कार्यलयमा ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले नेपाल सरकार र आफ्नो पार्टी बिच गत फाल्गुन २१ गते भएको ३ बुँदे सहमतिलाई यथासिघ्र कार्यान्वयनका लागि ध्यानाकर्षण गर्न जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरि आज ज्ञापनपत्र पेश गरिएको छ ।

जिल्ला सेक्रेटरी रणदिपको नेतृत्वमा गएको ११ जनाको टोलीले उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी श्री कृष्ण आचार्यसमक्ष पेश गरेको थियो । उक्त ज्ञापनपत्रमा अघिल्लो केपी ओली सरकारसँग गरिएको तीन बुँदे सहमति व्यक्तिसँग नभइ संस्था वा राज्यसँग गरिएकाले वर्तमान सरकारले कुनै पनि बाहाना बाजीमा विनासर्त जेलमा रहेका राजबन्दीहरुको रिहा, झुठ्ठा मुद्दा खारेज र सहमतिको पालनामा जोड दिएको छ । ज्ञापन पत्रमा भनिएको छ, `आफ्नो पार्टी हालको अवस्थासम्म ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दार छ तथापी सरकारी पक्ष उदासिन भए फेरि नेपालको राजनीतिले नयाँ मोड लिन सक्नेछ ।`

नयाँ मोड के हो भन्ने कुरा भने खुलाइएको छैन तर देउवा सरकारले इमान्दारिता देखाएन भने यसको सबै जिम्मा देउवा सरकारले लिनुपर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :