तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै डोटीमा धर्ना

तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै डोटीमा धर्ना

नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटी अगाडी धर्ना दिएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार देशभरीका जिल्ला प्रशासन कार्यालयहरूमा तीनबुँदे सहमति कार्यान्वयनको माग गर्दै धर्ना दिइएको हो।

२०७७ फागुनमा तत्कालीन सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग  तिनबुँदे सहमति गर्दै पार्टीमाथिको प्रतिबन्ध खारेज गर्ने, गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर्ने र नेताकार्यकर्तामाथि लगाइएका सम्पूर्ण मुद्दा फिर्ता लिने सहमति गरेको थियो। सहमति भएको करिव आठ महिना पुगिसक्दा पनि सरकारसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन हुन नसकेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।


शान्तिपूर्णरूपमा राजनितिक कार्यक्रम गरिरहेको शक्तिलाई सहमति कार्यान्वयन नगरेर युद्धमा धकेल्ने प्रयत्‍न भइरहेको बताउँदै पार्टीले विरोध जनाएको हो। सहमति कार्यान्वयन गरी राजनैतिक एजेण्डाहरूमा वार्ता सम्वाद गर्ने वातावरण निर्माण गर्नुको सट्टा झुट्टा मुद्धा लगाउने क्रम फेरी बढाएको, गिरफ्तार दमन धरपकड बढाएको विरूद्ध देशव्यापी रूपमा धर्ना कार्यक्रमको आयोजना गरिएको र सो कार्यक्रम अन्तर्गत डोटीमा समेत धर्ना दिइएको पार्टी जिल्ला सेक्रेटरी  ध्रुव ओलीले जानकारी दिए।धर्ना कार्यक्रममा जिल्ला इन्चार्ज प्रशान्त,जिल्ला सेकेटरी ध्रुव ओली लगायत जिल्लास्तरका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :