तीन बुँदे सहमति कार्यान्वयनकाे दबाब स्वरूप गोरखामा धर्नासहित कोणसभा सम्पन्न

तीन बुँदे सहमति कार्यान्वयनकाे दबाब स्वरूप गोरखामा धर्नासहित कोणसभा सम्पन्न

नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर भन्ने मूल नाराका साथ नेकपा गोरखाले धर्नासहित कोणसभा सम्पन्न गरेको छ ।

सोमबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी गोरखा जिल्ला सेक्रेटरी कपिल भट्ट प्रतिक अतिथिहरु पार्टी जिल्ला सदस्य विष्णु रिजाल, क्षितिज गुरुङ, कृष्ण पन्त रहेका थिए ।

प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी गोरखा जिल्ला सेक्रेटरी कपिल भट्टले सरकार र नेपाल कम्युनिष्ट पार्टी बिचको तीन बुँदे सहमतिको कार्यान्वयन गर्न, सम्पूर्ण राजबन्दीहरुको रिहाई गर्न र झुटा मुद्दा खारेज गर्न सरकार प्रतिबद्ध नरहेको भन्दै उक्त प्रतिबद्धताप्रति सरकार गम्भीर हुन आग्रह गरेका छन् । उनले उक्त सहमति देउवा सरकारले उल्लंघन गर्दै पार्टीका कार्यकर्ताहरुलाई पुन मुद्दा लागाइ पक्राउ पुर्जी टाँस्न थालेको भन्दै सरकारको चरित्र उदाङ्गो भएको बताए ।

नेता भट्टले देशको राष्ट्रिय स्वाधीनतामाथि राष्ट्रघाती सम्झौता लादेर देशलाई रणभूमि बनाउन सरकार उद्यत भएको समेत बताएका हुन् । उनले यस्ता राष्ट्रघाती एमसीसी सम्झौता गरी दल र दलाल संसदीय व्यवस्था पाल्न खोज्ने सपना नदेख्न र नेपाल कम्युनिष्ट पार्टी बिच भएको तीन बुँदे सहमति अक्षरस पालना गर्न समेत चेतावनी दिएका हुन् ।

त्यसैगरी धर्ना कार्यक्रममा बोल्दै गोरखा जिल्ला सदस्य विष्णु रिजालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको तीन बुँदे सहमतिमा सरकार गम्भीर नरहेको भन्दै उक्त सहमतिप्रति कटिबद्ध भइ पालना गर्न र राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :