तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपा कास्कीद्वारा धर्ना

तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपा कास्कीद्वारा धर्ना

तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गर्न र सम्पूर्ण राजबन्दीहरुको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गर्दै आज नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत आज जिल्ला प्रशासन कार्यलय कास्कीमा पुगि प्रदर्शनसहित धर्ना दिएको हो ।

३ बुँदे सहमति कार्यान्वयन गर, बन्दीहरुको रिहाइ गर, झुठ्ठा मुद्या खारेज गर लगायतका नारा लगाउदै नेपाल कम्युनिस्ट पार्टी कास्कीको आयोजनामा आज जिल्ला प्रशासन कार्यलय कास्कीको गेटमा एक घण्टा धर्ना कार्यक्रम गरेको हो ।

राज्यले आफ्ना नेता कार्यकर्ताहरुलाई आँफैले बनाएको संविधान विपरीत पक्राउ गर्ने, झुठा मुद्दा लगाउने र जेल हिरासतमा राखेको र राज्यसँग भएको तीन बुदे सहमति कार्यन्वयन नभएको भन्दै नेकपा कास्कीले धर्नासहित प्रदर्शन गरेको र सहमतिलाई सरकारले यथाशीघ्र कार्यन्वयन गर्नुपर्ने माग समेत राखेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :