अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्ष विनोद थापा

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्ष विनोद थापा

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले विनोद थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको अध्यक्षमा विनोद थापा, उपाध्यक्ष शिशिर थापा, महासचिव श्याम सेन्चुरी, सचिव डिल्ली ओली र कोषाध्यक्ष लिलबहादुर बुढाथोकी लगायत अन्य सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यमा भएको सम्मेलन ३ दिनसम्म सञ्चालन भएको थियो । आज सम्पन्न भएको सम्मेलनको अन्य अतिथिहरुमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा महासंघको फ्याक्सन इन्चार्ज चिरण पुन, पार्टीका केन्द्रीय सदस्य आधार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :