नेकपा काठमाडौँद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

नेकपा काठमाडौँद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

काठमाडौँ: तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप नेपाल कम्युनिस्ट पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । यसै अन्तर्गत नेकपा काठमाडौँ जिल्ला समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय बबरमहलमा धर्ना दिएको छ ।

प्रहरीले लगाएको निषेधित क्षेत्रलाई जनमानससहितको र्यालीले तोडेर धर्ना दिएको हो । काठमाडौँ जिल्ला सचिव तुलसीनारायणको नेतृत्वमा आएको र्यालीले निषेधाज्ञा तोडेपछि प्रहरीले ब्यानर खोसेको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट कालो ब्यानरसहितको र्याली आएपछि प्रहरी चकित परेको थियो । जिल्ला प्रशासन कार्यालयबाट आएको र्याली बबरमहलमा पुगेर धर्नामा परिणत भएको थियो ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सचिव तुलसीनारायणले विनासर्त सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न नेपाल सरकारलाई आग्रह गरे । गैरकानुनी रुपमा पार्टीमाथि प्रतिबन्ध लगाएर तत्कालिन ओली सरकारले दमन गरेको भन्दै पक्राउ परेका सम्पूर्ण नेताकार्यकर्तालाई रिहा गर्न उनको माग थियो ।

सरकारसँग सहमति भएको लामो समय भइसक्दा पनि नेता कार्यकर्ता नछोडेको भन्दै नेकपाले धर्ना कार्यक्रमको आयोजना गरेको नेकपा काठमाडौँ महानगरपालिका इन्चार्ज अविरलले बताए । कार्यक्रमको संचालन गरेका अविरलले सहमति कार्यान्वयन नभए सरकारले जस्तोसुकै मुल्य चुकाउन तयार हुनुपर्ने चेतावनी दिए ।

तीन बुँदे सहमतिको कार्यन्वयन, पार्टीका नेताकार्यकर्तामाथि लगाइएका झुठ्ठा मुद्धा खारेज र सम्पूर्ण राजबन्दी रिहाइको माग गर्दै नेकपाले आज देशव्यापी धर्ना दिएको छ ।

गएको फागुन २१ गते नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेकपाबीच ३ बुदेँ सहमति भएको थियो । सो सहमति अनुसार नेताहरुमाथि लगाइएका झुटामुद्धा खारेज र बन्दीहरुलाई रिहा गरेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :