तीन बुँदे सहमति कार्यन्वयनमा तदारुकता देखाउन नेकपाद्वारा सरकारलाई ज्ञापनपत्र

तीन बुँदे सहमति कार्यन्वयनमा तदारुकता देखाउन नेकपाद्वारा सरकारलाई ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टीले ३ बुँदे सहमति छिटो भन्दा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका प्रवक्ता प्रकाण्डको नेतृत्वमा आज प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाउदै तीन बुँदे सहमतिको शुरुमै कार्यन्वयन गर्नुपर्ने विषय वन्दीको रिहाई र मुद्धाको खारेजीको विषय झन् बढी ढिला भैराखेको भन्दै उक्त विषयको गम्भिरता र संवेदनशिलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्धा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटो भन्दा छिटो निरुपण गर्न आग्रह गरेका छन् ।
नेकपा महासचिव विप्लवद्वारा हस्ताक्षेरित ज्ञापनपत्रमा आफ्नो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिबद्धतासहित अक्षरसः लागु गरिराखेको र गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा सरकार गठन भएको पहिलो हम्तामै तीन बुँदे सहमति कार्यन्वयनको विषयलाई लिएर यसअघि पार्टीका महासचिव विप्लवको नेतृत्वमै सरकारसँग भेटवार्ता भएको ३ महिना बित्न लाग्दा समेत सहमति कार्यान्वयन नहुनुले थुप्रै प्रश्न र आशंका जन्माउन थालेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, –‘आजका मितिसम्म बन्दी नेता कार्यकताहरु रिहा नहुनु र मुद्धा खारेज नहुनुले हाम्रो पार्टी, बन्दी नेता कार्यकर्ताहरु, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोस र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भिरताका साथ लिन जरुरी छ ।’

देशको राष्ट्रिय स्वाधिनता र विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, विकास, संवृद्धि र जनताको विकराल जनजीविका लगायत यावत समस्याहरुको शान्तिपूर्ण ढंगले वार्ता र सम्वादको माध्यमबाट अग्रगामी र क्रान्तिकारी समाधान खोज्ने तीन बुँदे सहमतिको मर्म रहेकाले उक्त सहमति कार्यन्वयनमा तत्परता देखाउन सरकारलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्रको पूरा पाठ –

सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवा ज्यु,
नेपाल सरकार, मन्त्रीपरिषद्को कार्यालय
सिँहदरवार काठमाण्डौँ, नेपाल ।

विषयः– तीन वुँदे सहमति कार्यन्वयन सम्वन्धी ज्ञापन पत्र ।
प्रधानमन्त्री ज्यु,
आजको तीन दिनपछि असोज २१ गते केपी ओली नेतृत्वको नेपाल सरकार र हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीवीच वार्ता भै तीन वुँदे सहमति भएको ६ महिना पुग्दैछ । आफ्नै सरकारले गरेको सहमतिको ५ महिना समय वेतीत हुँदासम्म लागु नगरी ओली सरकार विगठन भयो । यो राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको निम्ति धोका जस्तो विडम्वनापुर्ण कुरा हो । वार्ता र तीन वुँदे सहमतिले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षा माथि तुषारापात जस्तो भएको छ । यो हाम्रो पार्टीले आफ्नो स्थापना कालदेखि अगाडि सारेको र अविराम संघर्ष गर्दै आएको देशको राष्ट्रिय स्वाधिनता र विधमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, विकास, संवृद्धि र जनताको विकराल जनजीविका लगायत यावत समस्याहरुको शान्तिपुर्ण ढंगले वार्ता र सम्वादको माध्यमवाट अग्रगामी र क्रान्तिकारी समाधान खोज्ने तीन वुँदे सहमतिको मर्म, पार्टीको तत्परता र नेपाली जनताको चाहनाका खिलापमा छ । यसले समस्याको समाधान होईन झन जटिल स्थितिको सृजना गर्नेछ । यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउदै गैरहेको छ ।

प्रधानमन्त्री ज्युको नेतृत्वमा यो सरकारको गठन भएको पहिलो हम्तामै तिन बुँदे सहमति कार्यन्वयनको विषयलाई लिएर हाम्रो पार्टीका महासचिव क। विप्लवको नेतृत्वमै भेटवार्ता भएको थियो । तत् पश्चात सरकारसंग पटक पटक भेटवार्ता जारी नै छन । सहमति कार्यन्वयन सम्वन्धी सरकार र पार्टी वीच भएको सकारात्मक छलफलले जनतामा उत्साह पैदा गरेको थियो । त्यसको पनि झण्डै तीन महिना बिन्त थाल्यो । यसले थुप्रै प्रश्न र आशंका जन्माउन थालेको छ । आजका मितिसम्म वन्दी नेता कार्यकताहरु रिहा नहुनु र मुद्धा खारेज नहुनुले हाम्रो पार्टी, वन्दी नेता कार्यकर्ताहरु, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोस र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भिरताका साथ लिन जरुरी छ ।

प्रधानमन्त्री ज्यु, तीन वुँदे सहमतिको शुरुमै कार्यन्वयन गर्नुपर्ने विषय वन्दीको रिहाई र मुद्धाको खारेजी हो । यही विषय झन वढी ढिला भैराखेको छ । हाम्रो पार्टी तीन वुँदे सहमति प्रति पुर्ण प्रतिवद्धता सहित अक्षरसः लागु गरिराखेको छ र गर्ने छ । आशंका, अविश्वास, मनोवैज्ञानिक दवाव र ढिलासुस्तीको कुनै गुन्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्धा हो । यसर्थ विषयको गम्भिरता र संवेदनशिलतालाई दृष्टिगत गरी वन्दी रिहा र मुद्धा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटो भन्दा छिटो निरुपणको अपेक्षा गर्दछौ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :