नेपाल कम्युनिस्ट पार्टी उदयपुरको जिल्ला बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी उदयपुरको जिल्ला बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी उदयपुरको जिल्ला बैठक सम्पन्न भएको छ । असोज १७ गते बसेको बैठकले महत्वपूर्ण निर्णय लिएको नेकपा उदयपुरले जनाएको छ । बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले गरेका थिए भने बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा उदयपुरको जिल्ला इन्चार्ज विवेक कुमाल रहेका थिए । बैठकमा उपस्थित सबै जिल्ला कमिटी सदस्यहरुले आआफ्नो कार्यक्षेत्रको सांगठनिक, राजनीतिक, आर्थिकसहितको रिपोर्टिङ तथा महत्त्वपूर्ण सल्लाह सुझाव राखेका थिए ।

बैठकको प्रमुख अतिथि तथा पार्टीका केन्द्रिय सदस्य विवेक कुमालले अहिलेको दलाल संसदिय व्यवस्थाबाट जनताको हक अधिकार स्थापना गर्न नसकिने भन्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि डटेर लाग्नु पर्ने बताए । त्यसैगरी मंसिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँमा आयोजित विशाल जनसभालाई सफल बनाउन जिल्लामा व्यापक तयारी गर्ने, जबस मोर्चाका बाँकी रहेको संगठनहरुको जिल्ला भेला र सम्मेलनहरु गर्ने, गाउँ, टोल पालिका र वडा स्तरमा राजनीतिक सभाको आयोजना गर्ने, जिल्ला अन्तर्गतका सबै पालिकाहरुको बैठक बस्ने, आर्थिक लेविलाई अनुशासनको रुपमा व्यवस्थित गर्ने, सहिद परिवार, घाइते, बेपत्ता योद्धाहरुसँग भेटघाट गर्ने, एमसीसी सम्झौता लगायत विकृति विसंगति, लागुऔषध दुर्व्यसनी, मानव बेचबिखन, साम्राज्यवादी हस्तक्षेप वा अतिक्रमणको विरुद्ध, जयसिंह धामी हत्याका विरुद्ध लगायत राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन गर्ने लगायतका निर्णय गरेको जनाइएको छ ।

यस्तै बैठकको अध्यक्ष तथा जिल्ला सेक्रेटरी लक्ष्मणले पार्टीको ११ औँ बैठकको परिपत्र वाचन गरे र जिल्ला संगठनमा रहेका नेताकार्यकताहरुलाई डटेर फिल्डमा लाग्नु पर्ने र काम गर्ने शिलशिलामा जस्तोसुकै चुनौति आइपरे जिल्ला पार्टीले सामाधान गर्ने र जो कोहिले कामै नगरी पार्टी संगठनलाई बाधा आउने काम गर्छ भने कसैलाई छुट नदिने बताए ।

साथै आउदै गरेको दिपावलीमा देउसीभैलो खेल्ने र प्रत्येक नगरपालिका, गाउँपालिकामा जिल्ला पार्टीले पत्र पठाउने र देउसी भैलो खेली मंसिर ८ को कार्यक्रमलाई केही टेवा पुग्ने गरी आर्थिक कलेक्सन गर्ने बताए । त्यस्तै उदयपुरको कम्युनिस्ट आन्दोलनका पुराना नेता खेताला बा को पुनबास निर्माण कार्यक्रममा सबै पार्टी नेताकार्यकर्ता गएर जनश्रम गर्ने र घर निर्माण गरि चाडै हस्तान्तरण गर्ने बताए । बैठकको सबै ऐज्न्डाहरुमा महत्त्वपूर्ण निर्णय गर्दै बैठकको अध्यक्ष लक्ष्मणले बैठक समापन गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :